कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै उदयपुरको गाइघाटमा प्रदर्शन गरिएको छ ।
शालिकराम प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरी हिरासतमा रहेका लामिछानेको विनाशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।
शनिवार गाइघाटमा स्वतन्त्र नागरिक समूहको नामा युवाहरुले रविको पक्षमा प्रदर्शन गरेका हुन् ।
यसअघि आजै काठमाडौंमा पनि रविको पक्षमा वृहत प्रदर्शन भएको थियो । प्रदर्शनमा सहभागीहरुले रविको विनाशर्त रिहाइको माग गरेका थिए ।
रविलाई विभिन्न वाहनामा फसाउन लागिएको भन्दै उनीहरुले त्यसो नगर्न प्रहरी प्रशासनलाई चेतावनी दिएका थिए ।
पूर्व सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा रविसहितका तीन जनामाथि आत्महत्या गर्न बाध्य पारेको अभियोग उनले लगाएका छन् ।
यस्तो आरोपसहितको भिडियो सार्वजनिक भएपछि प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुअहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । प्रहरीले तीनै जनालाई भोलि आइतवार अदालत पेश गर्दै छ ।
प्रतिक्रिया