रवि लामिछानेलाई भेटेपछि गायक प्रमोद खरेलले यसो भने « Khabarhub

रवि लामिछानेलाई भेटेपछि गायक प्रमोद खरेलले यसो भने


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्न गायक प्रमोद खरेल जिल्ला प्रहरी कार्यालय चितवन पुगेका छन् ।

गायक खरेल विहानको समयमा प्रहरी कार्यालय पुगेका थिए । उनी रवि पत्नी निकिता पौडेलसँगै रविका लागि खाना लिएर गएका थिए ।

रविसँग केहीबेर मात्र भेट भएको प्रहरी कार्यालयबाट बाहिरिने क्रममा गायक खरेलले बताए ।

‘भित्र भेट्न कडा रहेछ । थोरै समय भेटियो’ उनले भने,‘रविजीले देशमा न्याय मरेको छैन भने म निस्कन्छु भन्नु भयो ।’

गायक खरेलले रवि लामिछाने सकारात्मक कामबाट चर्चामा रहेको व्यक्ति भएको बताए । लामिछाने पत्रकारमात्र भन्दा खोज पत्रकार रहेको गायक खरेलको भनाइ छ ।

विश्वमा नै खोज पत्रकारहरु भ्रष्टाचारी र गलत गर्नेहरुको आँखाको कसिंगर बन्ने उल्लेख गर्दै गायक खरेलले लामिछाने पनि त्यस्तै बन्न पुगेको बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ७ : ३९ बजे

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी