रवि लामिछानेलाई भेटेपछि गायक प्रमोद खरेलले यसो भने « Khabarhub

रवि लामिछानेलाई भेटेपछि गायक प्रमोद खरेलले यसो भने


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्न गायक प्रमोद खरेल जिल्ला प्रहरी कार्यालय चितवन पुगेका छन् ।

गायक खरेल विहानको समयमा प्रहरी कार्यालय पुगेका थिए । उनी रवि पत्नी निकिता पौडेलसँगै रविका लागि खाना लिएर गएका थिए ।

रविसँग केहीबेर मात्र भेट भएको प्रहरी कार्यालयबाट बाहिरिने क्रममा गायक खरेलले बताए ।

‘भित्र भेट्न कडा रहेछ । थोरै समय भेटियो’ उनले भने,‘रविजीले देशमा न्याय मरेको छैन भने म निस्कन्छु भन्नु भयो ।’

गायक खरेलले रवि लामिछाने सकारात्मक कामबाट चर्चामा रहेको व्यक्ति भएको बताए । लामिछाने पत्रकारमात्र भन्दा खोज पत्रकार रहेको गायक खरेलको भनाइ छ ।

विश्वमा नै खोज पत्रकारहरु भ्रष्टाचारी र गलत गर्नेहरुको आँखाको कसिंगर बन्ने उल्लेख गर्दै गायक खरेलले लामिछाने पनि त्यस्तै बन्न पुगेको बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ७ : ३९ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि