गणतन्त्र, धर्म निरपेक्षता र संघीयता देशले नधान्ने प्रमाणित भइसक्यो – लिङ्देन « Khabarhub

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता देशले नधान्ने प्रमाणित भइसक्यो – लिङ्देन


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राप्रपाका महामन्त्री एबं सांसद राजेन्द्र लिङ्देनले देशको वर्तमान परिस्थितिले एकपटक फेरि परिवर्तनको माग गरेको बताएका छन् ।

मकवानपुरको हेटौंडामा पार्टीको जिल्ला कार्य समितिद्वारा शनिवार आयोजित अगुवा कार्यकर्ता भेला सांसद लिङ्देनले सत्य, निष्ठा र इमान्दारीताको पक्षमा काम गर्ने राप्रपाका कार्यकर्ताहरु जनताको माँझमा जान ढिला गर्न नहुनेमा जोड दिए ।

उनले स्थापित संस्थाहरु भत्काउने, राष्ट्रिय पहिचान समाप्त पार्ने, जातीय विभाजनको विजारोपण गर्ने, भ्रष्ट मनोवृत्तिका काँग्रेस-कम्युनिष्ट यो मुलुकमा चल्ने तर सनातन मान्यताको जगेर्ना गर्दै निरन्तरता सहितको पक्षधर राप्रपा नचल्ने हुदैन भन्दै धर्म, संस्कृति, विकास र समृद्धिको पक्षमा क्रियाशिल राप्रपा स्थापित भएरै छाड्ने दावी गरे ।

मुलुकलाई वैकल्पिक राजनैतिक विचारधारा दिने पार्टी अध्यक्ष कमल थापाको जिल्लामा आएर बोल्न पाउँदा खुशी लागेको भन्दै लिङ्देनले देशमा व्याप्त विकृती, बिसंगति र भ्रष्टाचारको विरुद्धमा जनता जाग्ने बेला आएको विचार व्यक्त गरे ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निकास दिने नभई समस्याको दलदलमा फसाएको चर्चा गर्दै उनले मुलुकको स्वाधिनता, स्थिरता र बिकासको निमित्त राप्रपाले अघि सारेको मार्ग चित्रबाट मात्र देशलाई जोगाउन सकिने बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : ४० बजे

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं– नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव

काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)

काठमाडौं– काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले

दुई सय सात किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा