अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु « Khabarhub

अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । नलगाड नगरपालिका– १ पालि ठूलाबगरका ५५ वर्षीया बेलमति पुनको अरिङ्गालको टोकाइबाट आज मुत्यु भएको हो ।

घाँस काट्न गएकाबेला शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लिन सिफारिश गरे पनि परिवारका सदस्यले बेलमतिलाई केही सञ्चो भएको भन्दै शुक्रबार राति घर फर्काएका थिए ।

आज बिहान फेरि दुखाइ बढेपछि रुकुम पश्चिमको आठबिसकोट नगर अस्पाल पुर्‍याएको भए पनि उपचार गर्दा, गर्दा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ९ : ३४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी