अमेरिका पुगेकी आमाबाट जन्मिएका सन्तानले पाउँछन् अमेरिकी नागरिकता | Khabarhub Khabarhub

अमेरिका पुगेकी आमाबाट जन्मिएका सन्तानले पाउँछन् अमेरिकी नागरिकता


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्ना सन्तानले जन्मसिद्ध अमेरिकी नागरिकता प्राप्त गर्ने अपेक्षाका साथ हरेक वर्ष धेरै नेपाली गर्भवती महिलाहरु अमेरिका जाने गरेको समाचार सार्वजनिक हुँदै आएका छन् ।

केही सेलिब्रेटीहरु पनि आफ्ना सन्तानले अमेरिकी नागरिकता प्राप्त गर्ने अपेक्षाका कारण अमेरिका गई सुत्केरी हुने गरेका छन् ।

जन्मसिद्ध अमेरिकी नागरिकता नेपालजस्ता गरिब मुलुकका नागरिकका लागि निकै आकर्षक विषय समेत रहँदै आएको छ । यसअनुसार अमेरिकी भूमिमा जन्म लिने हरेक मानिस अमेरिकाको जन्मसिद्ध नागरिक बन्न पाउने संवैधानिक व्यवस्था छ । अर्कोतर्फ यो विषय राजनीतिक रुपमा भने निकै पेचिलो छ ।

दक्षिणपन्थी नेताहरुले यस्तो व्यवस्थाको चर्को आलोचना गर्दै आएका छन् । आप्रवासनप्रति निकै अनुदार रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय यही विषयलाई उठाएका छन् ।

उनले गैरकानूनी आप्रवासीले अमेरिकी भूमिमा जन्म दिएका सन्तानलाई अमेरिकी नागरिकता नदिन मिल्ने व्यवस्थाका लागि ध्यान दिइरहेको जनाएका छन् । केही दिनअघि ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले उनीहरुका सन्तानलाई अमेरिकी नागरिकता दिइनु हास्यास्पद रहेको जनाए । उनले भने, ‘हामी यस विषयलाई निकै गम्भीरतापूर्वक लिइरहेका छौं ।’ ‘जन्मसिद्ध नागरिकता, जब सीमा पारीबाट कोही आउँछ, अमेरिकामा बच्चा जन्माउँछ र बच्चा स्वतः अमेरिकी नागरिक बन्छ ।’

उनले जन्मसिद्ध नागरिकताका विषयमा सन् २०१६ को आफ्नो राष्ट्रपतीय निर्वाचनमा समेत चर्को आलोचना गर्दै आएका थिए । त्यसबाहेक अघिल्लो वर्ष पनि उनले जन्मसिद्ध नागरिकतालाई राष्ट्रपतीय कार्यकारी आदेशबाट सम्बोधन गर्ने विषयमा विचार गरिरहेको बताएका थिए ।

यद्यपि अमेरिकी राजनीतिक वृत्तका नेताहरुले भने अमेरिकी संविधानको १४ औं संशोधनले उपलब्ध गराएको संवैधानिक प्रावधानलाई राष्ट्रपतीय कार्यकारी आदेशमार्फत् परिवर्तन गर्ने अधिकार राष्ट्रपतिलाई नरहेको तर्क गर्दै आएका छन् ।

तैपनि ट्रम्पले जन्मसिद्ध नागरिकताको विषयलाई कुनै पनि हालतबाट अन्त्य गरिछाड्ने दृढता देखाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति भएयता ट्रम्पले अमेरिकामा वैधानिक वा अवैधानिक आप्रवासनमा कडाई गर्नका लागि विभिन्न कठोर कदमहरु चाल्दै आएका छन् ।
केही समयअघि मात्र अमेरिकाको अध्यागमन एवं नागरिकता सेवाले कम आयश्रोत भएका वैध आप्रवासीलाई अमेरिका प्रवेश गर्न कडाई गर्ने प्रावधान सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : ५४ बजे

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखको छलफल

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग

किसानलाई धान काट्ने चटारो

दाङ – लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार

ट्रफी जित्न ओमानलाई हराउनै पर्छ : कप्तान रोहित पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप

जेनजी आन्दोलनमा सहभागी थुक्तेन एक महिनादेखि बेपत्ता

हुम्ला – नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि