२० वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर आएन मेलम्ची « Khabarhub

२० वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर आएन मेलम्ची


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खोपानीको समस्या समाभान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्यो त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर मेलम्ची आएन अझै अन्योलमै छ,– नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । ४२ अर्ब सकियो अझै १० प्रतिशत काम बाँकी रहेको उल्लेख गरेको छ ।

यसैगरी नयाँ पत्रिकाले कांग्रेसमा विधानको गाँठो फुकाउन मध्यमार्गी प्रस्ताव शीर्षकमा अर्को समाचार छापेको छ । विवादित विषय थाती राखेर पारित गर्न मस्यौदा समिति संयोजक पूर्णबहादुर खड्काले प्रस्ताव गरेका छन् भने सभापित देउवाले मैले साथीहरुलाई मनाउन सकिनँ भन्ने आशय व्यक्त गरेका छन् यता वरिष्ठ नेता रामचन्द्र पौडेलले विषय थाती राखेर जान नसकिने धारणा सार्वजनिक गरेका छन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुक्रबारको सचिवालय बैठकले संगठनात्मक एकीकरण कार्यदल भंग गरेपछि समानान्तर प्रतिवेदन बुझाउने योजना बनाएका कार्यदलका बहुमत सदस्यलाई शनिबार अध्यक्ष केपी शर्मा ओलीले समयनै दिएनन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समानान्तर प्रतिवेदन बुझ्न आलटाल गरिरहेका छन् ।

नयाँ पत्रिकाले सामाजिक सञ्जाल ऐन शीर्षकमा सम्पादकीय लेखेको छ । संघीय संसद्को शुक्रबारको बैठकले सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकत गरेको छ । यसअघि सो विधेयकमाथिको सैद्धान्तिक बहसमा भाग लिँदै प्रतिपक्षी सांसदले विधेयकले आममानिसको सूचना तथा सञ्चारमाथिको पहुँचमा नियन्त्रण गर्ने जोखिम रहेकोतर्फ संकेत गरेका थिए । यस सम्बन्धमा संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच भएको बहसजस्तै सार्वजनिक वृत्तमा पनि यसको प्रयोजन र यस्तो विधेय ल्याउनुको पछाडिको सरकारको नियतिमाथि प्रश्न उठाउने गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : १८ बजे

त्रिविले १७ क्याम्पसलाई भन्यो : तत्काल स्ववियु निर्वाचन अघि बढाऊ

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका

चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने

काठमाडौँ – पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत

इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाद्वारा बैठक आह्वान

काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल

स्व गिरिजाबाबु सबै दलका अभिभावक : महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले