विप्लव नेतृत्वको नेकपाले लियो नख्खु बम विस्फोटको जिम्मा « Khabarhub

विप्लव नेतृत्वको नेकपाले लियो नख्खु बम विस्फोटको जिम्मा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १ जनाको ज्यान जानेगरी ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले लिएको छ ।

खबरहबसँगको कुराकानीका क्रममा विप्लव नेतृत्वको नेकपाका एक नेताले आफूहरुले नै नख्खुस्थित एनसेलको कार्यालयमा बम विस्फोट गराएको बताए ।

शुक्रबार साँझ नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटमा ३ जना घाइते भएका थिए । घाइतेमध्ये एकजना सिंहप्रसाद गुरुङको उपरचारका क्रममा मृत्यु भएको थियो ।

अन्य घाइते २ जनाको अहिले उपचार भइरहेको छ ।

नख्खुस्थित एनसेल कार्यालयसँगै देशका विभिन्न ठाउँमा पनि एनसेलका टावरमा आगजनी भएको छ । विप्लव नेतृत्वको नेकपाका नेताले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विस्फोट आफूहरुकै योजनाअनुसार भएको बताए ।

खबरहबसँगको कुराकानीका क्रममा विप्लव नेतृत्वको नेकपाका नेताले आफूहरुको मानवीय क्षति गर्ने उद्देश्य नरहेको बताए । ‘७५ अर्ब रुपैयाँ कर छलेको र नेपालबाट गरेको आम्दानी विदेशमा लगानी गरेको कम्पनीविरुद्ध हामीहरुले देशव्यापी रुपमा नै विभिन्न कदम चाल्ने योजना बनाएका थियौं,’ नाम उल्लेख नगर्ने शर्तमा नेकपा नेताले खबरहबसँग भने, ‘तर, ललितपुरस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा परी मानवीय क्षति हुन पुग्यो । यो दुःखद घटना भएको पार्टीले स्वीकार गरेको छ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : ५६ बजे

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको

धुर्मुस-सुन्तलीकी छोरीलाई भएको म्यानेन्जाइटिस कस्तो रोग हो ?

काठमाडौं – चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण क्रममा

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी– पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं–  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ