सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण « Khabarhub

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचनका लागि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का कारागार र सरकारी कर्मचारी र सुरक्षाकर्मीका लागि रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्द्धन केन्द्र झुम्कामा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको हो भने कृषि व्यवसायी केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी पौडेलले बताए ।

जिल्लामा दुई हजार बढी अस्थायी मतदाताको तथ्याङ्क रहेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको खटनपटन भएपछि अस्थायी मतदाता नामावलीमा नाम स्वीकृत हुने भएकाले सङ्ख्या थपघट हुनसक्ने जनाइएको छ ।

अस्थायी मतदातालाई प्रत्यक्षतर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा नरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी कोशी प्रदेशमा जिल्लागत आधारमा अस्थायी मतदान केन्द्र तोक्दा निर्वाचनका लागि २८ अस्थायी निर्वाचन क्षेत्र र अस्थायी मतदाता तोकिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १० : २१ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले