बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ « Khabarhub

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको हो ।

यही फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म बेलुका ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजलाल थारूले जानकारी दिए ।

मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसार नियमनका लागि बिक्री वितरणमा र उपभोगलाई व्यवस्थित गर्न व्यवसायीहरूसँग छलफलपछि कडाइ गर्ने निर्णय भएको उनको भनाइ छ ।

मौन अवधिमा मदिराजन्य वस्तुको बिक्री वितरणमा पूर्ण रूपमा निषेध गर्ने, फागुन ११ देखि २४ गतेसम्म मदिरा दुवानी तथा ओसारपसार नगर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत थारूले जानकारी दिए ।

‘व्यवसायीहरूसँगको छलफलपछि मदिराजन्य वस्तु बिक्री वितरणमा तथा ओसारपसार नियमन गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘यदि उक्त निर्णयको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ । निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ११ : ०९ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले