रानु मण्डलले 'गिफ्ट' पाएकी थिइन् ५५ लाखको घर? सलमान खानले दिए यस्तो जवाफ | Khabarhub Khabarhub

रानु मण्डलले ‘गिफ्ट’ पाएकी थिइन् ५५ लाखको घर? सलमान खानले दिए यस्तो जवाफ


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सामाजिक सञ्जालबाट भाइरल भएर चर्चामा आएकी रानु मण्डल रेल स्टेशनमा गीत गाउने गर्थिन् । एकाएक उनी स्टार बनेकी छिन् ।

रानुले पश्चिम बंगालको एक रेल्वे स्टेशनमा लता मंगेशकरको गीत ‘प्यारका नगमा है’ गाएकी थिइन् । यो गीत एकाएक भाइरल भएको थियो । त्यसपछि रानु भारतभर चर्चित बनिन् ।

पछि हिमेशले पनि उनलाई एक गीत गाउने मौका दिए । उक्त गीत रुचाइयो । बीचमा खबर आयो कि, सलमान खानले रानुलाई ५५ लाखको फ्ल्याट पनि गिफ्ट दिए । लगत्तै भनियो, सलमानलाई रानुलाई ‘दबंग ३’ को एक गीत गाउने मौका पनि थिए ।

तर, यो समाचारलाई सलमान खानले झूठ भएको बताएका छन् । त्यसो त यो खबरलाई रानु मण्डलका म्यानेजरले पनि असत्य भएको बताएका थिए ।

अहिले भने सलमानले नै आफूले अहिलेसम्म कुनै गिफ्ट नगरेको बताएका छन् । सलमानले एक अन्तर्वार्तामा भने, ‘यो खबर झूठो हो, मैले पनि यो खबर सुनेँ, जब मैले केही गरेको छैन भने यसको क्रेडिट लिन सक्दिनँ, मैले केही गरेकै छैन ।’

सलमान खान अब ‘दबंग ३’ मार्फत दर्शकमाझ आउँदैछन् । यो फिल्मको निर्देशन प्रभु देवाले गरिरहेका छन् । सलमान खानलाई फेरि एकपटक चुलबुल पाण्डेको भूमिकामा देख्न पाइने भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : ४१ बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान