मासुको विज्ञापनमा गाईको तस्वीर राखेको प्रति सरकारले माग्यो माफी « Khabarhub

मासुको विज्ञापनमा गाईको तस्वीर राखेको प्रति सरकारले माग्यो माफी


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वच्छ मासु खान भनेर जारी गरिएको एउटा सन्देशमूलक विज्ञापन पोस्टरमा गाइको तस्वीर समावेश गरिएको विषयमा सरकारले क्षमा याचना गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको पशु सेवा विभागले एक सूचनामार्फत छपाईको त्रुटीका कारण स्वच्छ मासुको प्रयोगबारे प्रचार गर्न बनाइएको विज्ञापन पोस्टरमा गाईको तस्वीर समावेश हुन गएको भन्दै माफी मागेको हो ।

विभागका महानिर्देशक डा. वंशी शर्माले सूचनामार्फत उक्त विज्ञापन सन्देशबारे क्षमा याचना गरेका छन् ।

पशु सेवा विभागअन्तर्गतको पशु आहारा तथा लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन ललितपरको बा २ झ ३८११ नम्बरको गाडी (मोबाइल भ्यान)मा टाँसिएको एउटा विज्ञापनको विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

‘बधशालादेखि भान्सासम्म, स्वच्छ र स्वस्थ मासु’ लेखिएको उक्त विज्ञापन सन्देशमा गाईको फोटो समेत राखिएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त पोस्टरमा गाईको तस्वीर राख्ने र पोस्टर स्वीकृत गर्ने सबैलाई कारबाही हुनुपर्ने माग गरेका थिए ।
सामाजिक सञ्जाल प्रयोकर्ताहरुको भनाइ थियो, ‘यस्तो पोस्टरमा गाईको तस्वीर राख्दा सरकारले नै गाई काटेर मासु खानुहोस् भनेर प्रचार गरिरहेको जस्तो सन्देश गइरहेको छ ।’

पशु सेवा विभागका निर्देशक शर्माले जारी गरेको सूचनामा भने उक्त त्रुटी सच्याइएको जनाइएको छ ।


प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  २ : ४० बजे

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट रोकाय र थापा निर्विरोध

काठमाडौं – नेकपा एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट बाजुराका