गाँजा बोकेको ट्रक नियन्त्रणमा लिन प्रहरीले चलायो गोली « Khabarhub

गाँजा बोकेको ट्रक नियन्त्रणमा लिन प्रहरीले चलायो गोली


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले गाँजा तस्करीमा प्रयोग भएको ट्रकका चालकलाई पक्राउ गर्न गोली चलाउन परेको छ ।

प्रहरीले दुई राउण्ड गोली हानेर मंगलबार विहान ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान १ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टको प्रहरीले चेकजाँचका लागि ना ६ ख १३१ नम्बरको ट्रकलाई रोकेको थियो ।

ट्रकमा गाँजा तस्करी हुने गरेपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो । काठमाडौंमा सामान पु¥याएर फर्किएका ट्रकलाई कडाइका साथ चेकजाँच गर्ने ‘माथिको निर्देशनानुसार’ रातोमाटे चेकपोस्टका प्रहरी जवान सञ्जीवकुमार दास चेकजाँचका लागि ट्रकमा चढेका थिए ।

तर, ट्रक चालक अफ्रिक चौधरीले प्रहरी जवान दास चढ्नेवित्तिकै ट्रक अगाडि बढाए । प्रहरीले ‘रोक, रोक’ भन्दा भन्दै उनले ट्रकको स्पीड बढाए ।

चेकपोस्टबाट भागेको ट्रकलाई नियन्त्रणमा लिनका लागि प्रहरीले घेरा हालेर गोली चलाइ नियन्त्रणमा लियो । प्रहरीका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–२९ घर भएका चौधरीको देब्रे खुट्टामा २ वटा गोली लागेको छ ।

अहिले उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीले ट्रकबाट ७९ किलो ८ सय ग्राम बराबरको १४ पोका गाँजा बरामद गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ४ : ५७ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई