साफ यु–१८ फुटबलको समूह चरणबाटै बाहिरियो नेपाल « Khabarhub

साफ यु–१८ फुटबलको समूह चरणबाटै बाहिरियो नेपाल


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोतामा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’बाट माल्दिभ्स र भुटान सेमिफाइनलमा पुगेका छन् ।  मंगलबार भएको भुटान र माल्दिभ्सबीचको खेल गोलरहित बराबरी सकिएको छ ।

दुई टोलीले बराबरी खेलेपछि ४ अंक भएको भुटान समूह ए को विजेता २ अंक भएको माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल पुग्दा घरेलु टोली नेपाल भने प्रतियोगिताबाटै बाहिरिएको हो ।

समूह चरणको पहिलो खेलामा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी गरेकाे थियो । दोस्रो खेलमा भुटानसँग भने ३–० गोल अन्तरले पराजित भएको थियो ।

भुटानसँग पराजित भएपछि नेपालको अघिल्लाे चरणमा प्रवेश गर्ने सम्भावना कमजोर भएको थियो । तर, मंगलबार माल्दिभ्स र भुटानले बराबरी खेलेसँगै नेपाल स्वतः प्रतियोगिताबाट बाहिरिएको हो ।

लगातार दुई संस्करणको विजेता नेपाल तेस्रो संस्करणमा समूह चरणबाटै बाहिरिन पुगेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : ३७ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई