मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

धनुषाको धनौजी गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिका–१० स्थित पुलचोकबाट चोरिएका दुई वटा मोटरसाइकल बरामद गर्दै चोरीमा संलग्न २ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले धनौजी गाउँपालिका–४ बस्ने वर्ष २० बर्षीय चन्दन मण्डल र धनौजी गाउँपालिका–१ लखौली बस्ने १९ बर्षीय बिनोद कुमार साह पक्राउ गरेको हो ।

धनौजी गाउँपालिका ५ बहुअर्वा बजारमा पार्किङ्ग गरी राखेको ज.७ प. ७०५६ नम्बरको होन्डा साइन मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल धनुषाकै नगराइन नगरपालिका–७ लभटोली चोकस्थित बाटोमा डोर्याउँदै गरेका लाई फेला पारी नियन्त्रणमा लिएको छ ।

यस्तै, जनकपुरधामको पुलचोकबाट चोरी भएको ज.९ प. ६८७१ नम्बरको पल्सर मोटरसाईकलसहित धनौजी गाउँपालिका–१ लखौली बस्ने १९ बर्षीय बिनोद कुमार साहलाई उनको घरबाटै पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीमा संलग्न दुबैबिरुद्व चोरी शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : ४७ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि