मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

धनुषाको धनौजी गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिका–१० स्थित पुलचोकबाट चोरिएका दुई वटा मोटरसाइकल बरामद गर्दै चोरीमा संलग्न २ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले धनौजी गाउँपालिका–४ बस्ने वर्ष २० बर्षीय चन्दन मण्डल र धनौजी गाउँपालिका–१ लखौली बस्ने १९ बर्षीय बिनोद कुमार साह पक्राउ गरेको हो ।

धनौजी गाउँपालिका ५ बहुअर्वा बजारमा पार्किङ्ग गरी राखेको ज.७ प. ७०५६ नम्बरको होन्डा साइन मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल धनुषाकै नगराइन नगरपालिका–७ लभटोली चोकस्थित बाटोमा डोर्याउँदै गरेका लाई फेला पारी नियन्त्रणमा लिएको छ ।

यस्तै, जनकपुरधामको पुलचोकबाट चोरी भएको ज.९ प. ६८७१ नम्बरको पल्सर मोटरसाईकलसहित धनौजी गाउँपालिका–१ लखौली बस्ने १९ बर्षीय बिनोद कुमार साहलाई उनको घरबाटै पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीमा संलग्न दुबैबिरुद्व चोरी शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : ४७ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले