डीडीसीका तत्कालिन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

डीडीसीका तत्कालिन महाप्रबन्धकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का तत्कालिन महाप्रबन्धक गङ्गा तिमल्सिनासहित १० जनाविरुद्ध म‌गलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौँ उपत्यकामा दूध वितरणका लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिलाई ठेक्का दिइएकामा ठेकेदार कम्पनीसँग मिलेमतो गरी बोलपत्र नै प्रकाशन नगरेर सम्झौता गरेको पाइएको आयोगले जनाएको छ ।

संस्थानलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको भन्ने उजुरीमाथि छानबिन गरी उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार तत्कालीन महाप्रबन्धक तिमल्सिनाविरुद्ध रु ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग दाबी गरिएको छ ।

यस्तै तत्कालीन निमित्त उपमहाप्रबन्धक डा ईश्वरीप्रसाद अधिकारी, तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजङ्ग थापा, तत्कालीन प्रशासकीय अधिकृत हाल प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दीपक सुवेदीविरुद्ध पनि समान रु ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनका अनुसार गोकुल निर्माण सेवा, गोलढुङ्गा–६, काठमाडौँका सञ्चालक गोकुल फुयाँलविरुद्ध रु २२ लाख १९ हजार ६६८, साविक प्रभु आदित्य बिजनेस प्रालिका सञ्चालक दीपबहादुर खड्का, सोही कम्पनीका अर्का सञ्चालक फणिन्द्रप्रसाद दाहाल र तत्कालीन सञ्चालक सतीशकुमार गिरीविरुद्ध जनही रु २४ लाख ५९ हजार ५१४ बिगो माग गरिएको छ ।

यस्तै आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले प्रहरी सहायक निरीक्षक माझीले सेवाग्राहीसँग रु १० हजार घुस लिएको आरोप लगाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : ०० बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई