डब्लुसीएल क्रिकेटः उपाधिका लागि काठमाडौं र चितवन भिड्दै « Khabarhub

डब्लुसीएल क्रिकेटः उपाधिका लागि काठमाडौं र चितवन भिड्दै


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियन्स लिग ९डब्लुसीएल० टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

क्याट काठमाडौं क्विन्स र चितवन राइनोजबीच उपाधिको लागि भिडन्त हुनेछ । दुबै टोलीको लक्ष्य उपाधि चुम्ने रहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटर खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । चितवन लिगको शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको थियो ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख पाउनेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ प्लेयर अफ दि म्याचले १ सय २५ सीसीको टीयीएसको स्कुटरसहित ५० हजार प्राप्त गर्नेछ ।

उत्कृष्ट बलिङ र ब्याटिङ गर्नेलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ५ शहरका ५ टिम सहभागीता जनाएका थिए । ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ५ : ५२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण