डब्लुसीएलको उपाधि भिडन्तमा काठमाडौंले पायो ११३ रनको लक्ष्य « Khabarhub

डब्लुसीएलको उपाधि भिडन्तमा काठमाडौंले पायो ११३ रनको लक्ष्य


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिलो पटक भएको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को उपाधि भिडन्तमा क्याट क्विन्स काठमाडौंले जीतका लागि ११३ रनको लक्ष्य पाएको छ । चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई जीतका लागि ११३ रनको लक्ष्य दिएको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनायो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।

काठमाडौंकी संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले १/१ विकेट लिईन् ।

आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले टीभीएसको स्कुटर र ५० हजार पाउनेछ । विधागततर्फका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १ : ०७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको