धनयोग र सन्तान प्राप्तिका लागि यस्तो व्रत गर्नुहोस् « Khabarhub

धनयोग र सन्तान प्राप्तिका लागि यस्तो व्रत गर्नुहोस्


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चाहे अनुसारको फल नपाउँनाले धेरैजसो मानिस निकै तनावमा आउने गर्दछन् । तर धार्मिक शास्त्रमा भने यस्ता हरेक समस्याका लागि केही न केही उपाय वा विधि रहने गरेका छन् ।

यदि तपाईलाई धन र सन्तान प्राप्ति भइरहेको छैन भने निम्न विधिपूर्वक व्रत तथा विधिपूर्वक उपसना गर्नाले तत्काल शुभयोग बन्ने छ ।

मनोकामना पूर्ण गर्ने अचूक व्रत

धार्मिक शास्त्रअनुसार विश्वको सबैभन्दा महत्वपूर्ण र शुभ फलदायी व्रत भनेको एकादशी व्रत हो ।

एकादशी व्रत हरेक महिना दुई पटक आउने गर्दछ, शुक्लपक्ष र कृष्णपक्ष ।

एकादशीको व्रत गर्नाले सबै दुखकष्ट हट्ने साथै शुभ फल प्राप्तिको समेत संयोग बनाउने गर्दछ ।

एकादशी व्रतमा शुद्ध रूपमा जलीय आहार मात्र ग्रहण गर्नुपर्छ । सकेसम्म निर्जल रहेमा एकादशी व्रतले अदभूत लाभ दिने गर्दछ ।

यस दिन आफ्नो इष्टदेव वा विष्णु र शिव भगवनको अधिक आराधना गर्नुपर्दछ ।

यदि एकादशीका दिन चारै प्रहर आराधना गर्न सके मनोवाञ्छित फल प्राप्त हुन्छ ।

व्रतको साँझमा कागति/निम्बू र चिनी घोलेर बनाइएको सर्बत पिएर बस्नुपर्छ ।

एकादशीको दिन व्रत सकेर भोलिपल्ट बिहानमात्र भोजन गर्नु पर्छ । भोजन गर्नु पूर्व गरिबलाई धन वा भोजन दान गर्नुपर्छ ।

एकादशीको व्रत विधि स्थानीय ब्राम्हणबाट जानकारी लिन सकिन्छ ।

धनको योग नबनेमा के गर्ने ?

यदि धन प्राप्तिको कामना छ भने शुक्रबारका दिन देवी लक्ष्मीको ८ वटा व्रत बस्नुपर्छ ।

शुक्रबारका दिन देवी लक्ष्मीको अष्ट स्वरुपको उपासना गर्नुपर्दछ । अष्ट स्वरुपको उपासना संभव नभए धनलक्ष्मीको स्वरुपको पूजा गर्नुपर्दछ ।

व्रतको दिन केवल जलाहार वा फललाई मात्र आहारका रुपमा ग्रहण गर्नुपर्दछ ।

साँझमा पनि अन्न, नुनको सेवन गर्नु हुँदैन । मध्यरात्रीमा देवी लक्ष्मीको प्रतिमाको सम्मुखमा घिउमा दियो बाल्नु पर्दछ ।

दियो बालेपछि ‘ॐ श्री श्रीयै नमः’ मन्त्रको ११ पटक जाप गर्नुपर्दछ ।

देवी लक्ष्मीको उपासना गर्दा गुलाबको पुष्प वा गुलाबको इत्र समर्पित गर्नुपर्दछ ।

सन्तान प्राप्तिका व्रत र नियम

हरेक महिनाको त्रयोदशी तिथि, जसलाई प्रदोष भनिन्छ उक्त दिन व्रत राख्नु पर्दछ ।

त्रयोदशी दिनको व्रतमा केवल जलाहार वा फलाहारमात्र ग्रहण गर्नुपर्दछ ।

बिहार र साँझ ११ माला ‘ॐ नमः शिवाय’ का जाप गर्नुपर्दछ ।

साँझमा शिवजीको मन्दिरको अनिवार्य दर्शन गरी शिव महिमाको चर्चा गर्नुपर्दछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ११ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना