उपनिर्वाचनका लागि धमाधम उम्मेदवार छान्दै दलहरु « Khabarhub

उपनिर्वाचनका लागि धमाधम उम्मेदवार छान्दै दलहरु


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुले राजनीतिक गतिविधि तीव्र पारेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रिक्त विभन्न पदका लागि उपनिर्वाचन हुने भएपछि दलहरू उम्मेदवार छान्न थालेका छन् ।

मकालु गाउँपालिकाको अध्यक्ष पद तथा खाँदबारी नगरपालिका–३ को वडाध्यक्ष पद रिक्त छ । मकालुका अध्यक्ष खड्गबहादुर कटुवालको २०७४ माघ २९ गते दुर्घटनामा परी निधन भएको थियो । खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुङ्गानाको २०७४ फागुन १३ गते हृदयघातबाट निधन भएको थियो । अहिले मकालु गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष चमेली राईले तथा खाँदबारी–३ को वडाध्यक्षको कार्यभार ज्येष्ठ सदस्य देवराज घिमिरेले सम्हालेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि खाँदबारी–३ को वडाध्यक्षमा वडा कमिटीको बैठकले मङ्गलबार सर्वसम्मत भरत घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको वडा समितिका अध्यक्ष भानु पराजुलीले जानकारी दिए । नौ जनाको नाम आएपनि घिमिरेको नाममा सहमति जुटेको उनले बताए । समितिले घिमिरेको नाम नगर हुँदै जिल्लामा पठाउने भएको छ ।

नेपाली काङ्ग्रेसले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । नाम टुङ्गो लगाउन छलफल भइरहेको पार्टीका जिल्ला सभापति दीपनकुमार श्रेष्ठले जानकारी दिए । वडाध्यक्षमा यसअघि तत्कालीन नेकपा एमालेले जितेको थियो । मुख्यतया यहाँ नेकपा र काङ्ग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । काङ्ग्रेसबाट बाबुराम खत्री, डिल्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ, बालकुमार घिमिरेलगायतको चर्चा छ । वडा नं ३ मा एक हजार ८२२ मतदाता छन् ।

मकालुको अध्यक्षमा तत्कालीन नेकपा एमालेका कटुवालले काङ्ग्रेसका राईबहादुर राईलाई हराएका थिए । मकालुमा नेकपा र काङ्ग्रेसलाई अध्यक्षको उम्मेदवार छान्न सकस भएको छ । नेकपाले अध्यक्षको नाम कात्तिक १५ गतेको जिल्ला कमिटीको बैठकमा टुङ्गो लगाउने नेकपाका पार्टी सचिव कृष्ण जिमीले जानकारी दिए । दलहरूले कार्यकर्ता भेटघाट र घरदैलो अभियान गर्न थालेका छन् ।

मकालुमा पनि नेकपा र काङ्ग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मकालुमा नौ हजार एक मतदाता छन् । नेकपाबाट तेजबहादुर पोख्रेल, भरत कटुवाल, ताराकुमार गुरुङ, भीम राईलगायतको चर्चा छ भने काङ्ग्रेसबाट रामबहादुर राई, राईमान राई, काजीमान गुरुङ, देउमान राई, विमल पराजुलीलगायतको चर्चा छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ९ : ०२ बजे

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित