बेलायतमा कन्टेनरभित्र मृत फेला परेका ३९ जना सबै चिनियाँ नागरिक « Khabarhub

बेलायतमा कन्टेनरभित्र मृत फेला परेका ३९ जना सबै चिनियाँ नागरिक


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायतको एसिक्समा एउटा लरी कन्टेनरभित्र बुधबार मृत फेला परेका ३९ जना सबै चिनियाँ नागरिकहरु भएको खुलेको छ।

पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधबार कन्टेनरभित्र ३९ जनाको शव भेटिएको थियो ।

हत्याको आशंकामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो रोबिन्सनलाई प्रहरीले बुधबार नै पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । रोबिन्सन अझै प्रहरी हिरासतमा रहेका छन्।

एसिक्स प्रहरीले शुरूमा सो लरी बल्गेरियाबाट हिँडेको भनेपनि पछि बेल्जियमबाट यूके छिरेको बताएको छ। सो लरी एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यो घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । शव फेला परेपछि वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ८ : ५३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको