बेलायतमा कन्टेनरभित्र मृत फेला परेका ३९ जना सबै चिनियाँ नागरिक | Khabarhub Khabarhub

बेलायतमा कन्टेनरभित्र मृत फेला परेका ३९ जना सबै चिनियाँ नागरिक


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायतको एसिक्समा एउटा लरी कन्टेनरभित्र बुधबार मृत फेला परेका ३९ जना सबै चिनियाँ नागरिकहरु भएको खुलेको छ।

पूर्वी ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा स्थानीय समयानुसार बुधबार कन्टेनरभित्र ३९ जनाको शव भेटिएको थियो ।

हत्याको आशंकामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालक मो रोबिन्सनलाई प्रहरीले बुधबार नै पक्राउ गरेर अनुसन्धान जारी राखेको छ । रोबिन्सन अझै प्रहरी हिरासतमा रहेका छन्।

एसिक्स प्रहरीले शुरूमा सो लरी बल्गेरियाबाट हिँडेको भनेपनि पछि बेल्जियमबाट यूके छिरेको बताएको छ। सो लरी एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यो घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । शव फेला परेपछि वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ८ : ५३ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्