आठराई विमानस्थल निर्माणको कामले गति लिन्छः मन्त्री भट्टराई « Khabarhub

आठराई विमानस्थल निर्माणको कामले गति लिन्छः मन्त्री भट्टराई


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ४१ वर्ष अघिदेखि प्रक्रिया अगाडि बढेर अड्किएको आठराई विमानस्थल निर्माणले गति लिने बताएका छन् ।

हवाईमैदानको स्थलगत अध्ययनका लागि विहीबार चुहानडाँडा पुगेका मन्त्री भट्टराईले विमानस्थल निर्माणको आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताए । यो आर्थिक वर्षभित्र विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन र बोलपत्र आह्वानको कार्य हुने भएकाले विमानस्थल तीन वर्ष भित्र निर्माण पूरा हुने बताए ।

अन्य विमानस्थलभन्दा विभिन्न कारणले चुहानडाँडा विमानस्थल प्राथमिकतामा रहेको उनले बताए । पाँचथर, ताप्लेजुङ र तेह्रथुमको केन्द्रमा भएकाले सो विमानस्थल निर्माण हुँदा तीन जिल्लाका स्थानीय लाभान्वित हुने बताए ।

आठराई गाउँपालिका–६ चुहानडाँडामा रहेको थुम्कीडाँडामा विमानस्थल बनाउने चर्चा २०३२ सालदेखि नै चलेको हो । यसअघि पाँच पटक सम्भाव्यता अध्ययन गरिएको थियो ।

विमानस्थल निर्माणका लागि २०३२, २०३५, २०६९ र २०७१ सालमा सम्भाव्यता तथा सर्वेक्षण गरिएको थियो । सम्भाव्यता तथा सर्वेक्षण अध्ययनका आधारमा उपयुक्त ठहरिइ २०७३ मा विस्तृत सर्वेक्षण भई लागत स्टिमेटसमेत भएको भक्तराज स्मृति आठराई थुम्की विमानस्थल सरोकार समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य तेजमान कन्दङवाले बताए ।

विमानस्थल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई, सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अनुरोध गरिएको उनले बताउनुभयो ।

विमानस्थलका लागि पटकपटक अध्ययन र प्रतिनिधिमण्डल सरकारसमक्ष पुगे पनि कार्यान्वयनमा आउन नसकेको स्थानीयवासी रामबहादुर लिम्बूले बताए ।

मन्त्री भट्टराईसँगै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल र प्राविधिकसहितको टोली आठराई पुगेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १० : १६ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को