मलेसिया पठाउने भन्दै ठगी गर्ने एजेन्ट पक्राउ « Khabarhub

मलेसिया पठाउने भन्दै ठगी गर्ने एजेन्ट पक्राउ


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन् । लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११ का झलकबहादुर विक र कोष्टराज विकसँग रु एक लाख २० हजार लिएका थिए ।

लिम्बूले शुक्रबार उनीहरुलाई ‘शनिबार उडान छ, पैसा लिएर आउनु’ भनेर बोलाएपछि झलकबहादुर र कोष्टराज मलेसिया जाने साइत गरेर काठमाडौँ आएका थिए । शनिबार उडान भनेर आए पनि आफूहरुको श्रम स्वीकृति नभएको र चर्को रकमसमेत मागेको भन्दै उनीहरुले विभागमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा विभागले तीनकुनेमा रहेको नोभा इन्टरनेशनलको कार्यालयबाट लिम्बूलाई पक्राउ गरेको हो ।विभागको टोली अनुगमनमा पुग्दा लिम्बूले निजहरुसँग पैसा लिएर सोहि म्यानपावरका कर्मचारी गोकुल न्यौपानेलाई बुझाइसकेका थिए ।

विभागले न्यौपानेसँग रहेको रु एक लाख २० हजार नगदसमेत बरामद गरेको छ । यसअघि पनि लिम्बूले उनीहरुसँग प्रतिव्यक्ति रु ४०/४० हजार लिएको अनुसन्धानबाट खुलेको छ । पीडितले आइएमईमार्फत लिम्बूलाई रकम पठाएको प्रमाण विभागलाई बुझाएका छन् ।

लिम्बूमाथि कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिए । सरकारले एजेन्ट खारेज गरे पनि अझै पनि म्यानपावरले वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग एजेन्टमार्फत नै रकम उठाउने गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ६ : ०८ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा