विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ परेका छन् ।

ललितपुर, गोदावरी नगरपालिका-४ वडिखेल बस्ने राम कुमारी पहरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय अशोक कुमार पहरी समेत २४ जनालाई नगद १ लाख ३३ हजार ८ सय १० रुपैयाँ र ४ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग वाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काभ्रे, धुलिखेल नगरपालिका-९ बस्ने महेश रानाभाटको घरमा जुवातास खेलिरहेको अवस्थामा रानाभाट लगायत २३ जनालाई नगद ९ लाख ५७ हजार ८ सय रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १ : ४९ बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि