विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ परेका छन् ।

ललितपुर, गोदावरी नगरपालिका-४ वडिखेल बस्ने राम कुमारी पहरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय अशोक कुमार पहरी समेत २४ जनालाई नगद १ लाख ३३ हजार ८ सय १० रुपैयाँ र ४ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग वाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काभ्रे, धुलिखेल नगरपालिका-९ बस्ने महेश रानाभाटको घरमा जुवातास खेलिरहेको अवस्थामा रानाभाट लगायत २३ जनालाई नगद ९ लाख ५७ हजार ८ सय रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १ : ४९ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर