भाजपाका नेतामाथि कुटपिट « Khabarhub

भाजपाका नेतामाथि कुटपिट


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलकत्ता– भारतको केन्द्रीय सरकारको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेतामाथि पश्चिम बंगालको करिमनगरमा कुटपिट भएको छ ।

भाजपाको पश्चिम बंगाल राज्यका उपाध्यक्ष जोय प्रकाश मजुम्दरमाथि कुटपिट भएको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा भाजपा नेता मजुम्दरलाई केही व्यक्तिले लात्ताले हानेर झाडीमा फालेको देखिन्छ ।

सोमबार पश्चिम बंगालको करिमनगरमा विधानसभाको रिक्त सिटका लागि उपनिर्वाचन भइरहेको छ । मतदान जारी रहेकै अवस्थामा केही व्यक्तिले उपनिर्वाचनमा विद्यानसभा सदस्यका लागि करिमनगरबाट उम्मेदवार समेत रहेका भाजपा नेतामाथि लात्ता प्रहार गरेका हुन् ।

भाजपाले पश्चिम बंगालको क्षेत्रीय दल तृणमूल कांग्रेसका कार्यकर्ताले मजुम्दरमाथि कुटपिट गरेका बताएको छ ।

प्रहरीले मजुम्दरमाथि कुटपिट गर्ने केहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ५ : ०९ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना