बिरामी महिलामाथि बलात्कार प्रयासको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ « Khabarhub

बिरामी महिलामाथि बलात्कार प्रयासको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका छन् ।

अस्पतालमा उपचार गर्न आएकी एक (बिरामी) महिलामाथि जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको अभियोगमा प्रहरीले जनरल फिजिसियन झालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकबहादुर राईले झालाई पक्राउ गरिएको पुष्टि गरे ।

एसएसपी राईका अनुसार एक महिलाले उपचारका क्रममा झाले आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका झालाई हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको राईले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ६ : १८ बजे

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा साँझ साढे ५ बजे 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको क्यान्डिडेट क्लब घोषणा ५ बजे हुने

चारवर्ष मलेसियमा काम गरेर फर्किएका मनबहादुरको फस्टाउँदो अकबरे खुर्सानी खेती  

वालिङ– मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती

धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

काभ्रेपलाञ्चोक– आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ ।