मिचिएको भूमि समेटेर नेपालको नक्सा सार्वजनिक गर्न कांग्रेसको आग्रह « Khabarhub

मिचिएको भूमि समेटेर नेपालको नक्सा सार्वजनिक गर्न कांग्रेसको आग्रह


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि कांग्रेस तयार रहेको बताए ।

प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन तत्काल पहल गर्न भनेको भए पनि सरकार ठोस रूपमा अघि बढ्न उनले दाबी गरे ।

भारतले प्रधानमन्त्री ओलीको सहमतिमा नक्सा जारी गरेको भनेर कांग्रेस सभापतिले आशङ्का मात्र व्यक्त गरेको बताउँदै उनले यस सम्बन्धमा सरकार र नेकपाका नेताले जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्नुपर्नेमा जोड दिए ।

सबै राजनीतिक दलले पटकपटक भारतसँग छिटो वार्ता गर्न भने पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेका कारण आशङ्का गरिएको उनले बताए ।

राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा नभई सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिँदै प्रवक्ता शर्माले भने  “यो हाम्रा लागि ऐतिहासिक अवसर हो, सरकारले यथाशीघ्र कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ ।”

पार्टीले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै प्रवक्ता शर्माले सरकार गठनको यस अवधिमा महङ्गी, हत्या, हिंसा, भ्रष्टाचार एवं बलात्कारजन्य घटना दिनानुदिन बढिरहेको आरोप लगाए ।

भ्रष्टाचार छानबिन गर्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायको बेवास्ता गरी सरकार आफैँले छानबिन समिति बनाएको उनले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : २५ बजे

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने महामन्त्री शर्माको दाबी 

फिक्कल– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति

गृहको नेतृत्वबारे निर्णय गर्न फैसलाको पूर्णपाठ पर्खिँदै प्रधानमन्त्री 

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च

राजस्व परिचालनमा धेरै पछाडि छौँ : अर्थमन्त्री 

काभ्रेपलाञ्चोक– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व

मुख्यमन्त्री जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल 

काठमाडौँ– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा

नेपाल क्रिकेट संघका अध्यक्ष चन्दको राजीनामा माग

पोखरा– नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यले