ए डिभिजन लिगमा आज २ खेल : मछिन्द्र र फ्रेन्ड्स तथा च्यासल र एनआर भिड्ने « Khabarhub

ए डिभिजन लिगमा आज २ खेल : मछिन्द्र र फ्रेन्ड्स तथा च्यासल र एनआर भिड्ने


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुदैछ । पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स दशरथ रंगशालामा मध्यान्न १२ बजे भिड्नेछन् । लिगमा अंक विहिन रहेको फ्रेन्ड्सलाई हराउँदै ३ अंक जोड्ने अवसर मछिन्द्रलाई छ ।

पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मछिन्द्रले दोस्रो खेलमा च्यासलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

मछिन्द्र ३ अंक सहित तालिकको पाँचौ स्थानमा छ । अंक विहिन फ्रेन्ड्स १३ औं स्थानमा छ ।

यस्तै, दोस्रो खेलमा च्यासल र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् । च्यासल लिगको अर्को दाबेदार टिमको रुपमा देखिएको छ । पहिलो खेलमा संकटालाई २–० ले हराएको उसले दोस्रो खेलमा मछिन्द्रसँग अन्तिम समयमा अंक बाँडेको थियो ।

भेट्रान फरवार्ड सन्तोष शाहुखल नेतृत्वमा रहेको च्यासलले राष्ट्रिय टिमका केही अनुहार समावेश गर्दै सन्तुलित टिम बनाएको छ । तीन जापानी खेलाडीको प्रभावमा च्यासलले नयाँ सिजनको लिगमा राम्रो नतिजा निकाल्ने देखाएको छ ।

दोस्रो स्थानको च्यासलको २ खेलबाट ४ अंक छ । एनआरटी एक अंक सहित तालिकाको दशौं स्थानमा छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : २७ बजे

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री