चिलेको जंगलमा फैलिएको डढेलो बस्तीसम्म आइपुग्यो « Khabarhub

चिलेको जंगलमा फैलिएको डढेलो बस्तीसम्म आइपुग्यो


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अमेरिकी देश चिलेको जंगलमा फैलिएको डढेलो तीव्र गतिमा बिस्तार भएको छ । भाल्पाराइसो शहरको जंगली क्षेत्रमा लागेको डढेलो तीव्र गतिमा फैलिएर बस्तीतिर आइपुगेको छ ।

कम्तिमा ८० वटा घरमा आगलागी भएको छ । यसले गर्दा भाल्पाराइसो शहरबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाइएको छ । शहरका सबै अग्नि नियन्त्रकहरुलाई डढेलो नियन्त्रणका लागि खटाइएको छ ।

सावधानी स्वरुप सो क्षेत्रमा ९० हजार घरमा विद्युत आपूर्ति बन्द गरिएको स्थानीय अधिकारीले बताएका छन् । भाल्पाराइसो शहरका मेयर खोर्खे शार्पले स्थानीय टेलिभिजन च्यानल २४ ओरासलाई जंगलमा कसैले नियतबस आगो लगाएको बताएका छन् ।

अहिलेसम्म आगलागीका कारण मानिसको ज्यान गएको खबर भने आएको छैन । शहरको माथिल्लो क्षेत्रका दुई ठाउँबाट आगलागी भएको मेयरले बताएका छन् । डढेलो नियन्त्रणमा लिने प्रयास अति तीव्र पारिएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : ४५ बजे

स्याङ्जामा धान उत्पादन बढ्यो

वालिङ– गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा