ओखरजोन घोषणा भएपछि बल्ल माटो परीक्षण कार्य « Khabarhub

ओखरजोन घोषणा भएपछि बल्ल माटो परीक्षण कार्य


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व- रुकुमपूर्वमा निःशुल्क माटो परीक्षण शिविरमा १४० प्रकारका माटोको नमूना परीक्षण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, माटो तथा मल प्रयोगशाला खजुरा बाँकेको प्राविधिक सहयोगमा निःशुल्क माटो परीक्षण शिविर मंगलबारदेखि सञ्चालन भएको हो ।

शिविरमा ओखर जोन कार्यक्रम लागू गरिएका जिल्लाका किसानले ल्याएका माटो परीक्षण गरिएको थियो । शिविरमा माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास र पिएच परीक्षण गरिएको परियोजना कार्यान्वयन एकाइ ओखर जोन रुकुमपूर्वका वरिष्ठ कृषि अधिकृत कफिल अहमदले जानकारी दिए ।

परीक्षणका लागि किसानबाट आएका ३०० भन्दा बढी माटोको नमूना रहेको र पहिलो दिन १४० नमूना मात्र परीक्षण गरिएको उनले बताए ।

ओखर जोन कार्यक्रम लागू भएको क्षेत्रमा खेतीका लागि ‘माटो ठीक छ कि छैन’ भन्ने परीक्षण गरिएको थियो । अहिलेसम्म परीक्षण गरिएको माटोमा नाइट्रोजनको कमी रहेको पाइएको माटोविज्ञ पर्शुराम शर्माले जानकारी दिए ।

उनका अनुसार परीक्षण गरिएको माटोमा फस्फोरको मात्रा कमदेखि मध्यमसम्म रहेको र पिएच भने तटस्थ रहेको पाइएको छ । शिविरमा माटो तथा मल प्रयोगशाला खजुरा बाँकेका माटोविज्ञ शर्मालगायत पाँच जनाको टोलीको सहभागीता रहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : १८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग