राष्ट्रियसभा निर्वाचनमा भाग लिने ११ दललाई चुनाव चिह्न प्रदान | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनमा भाग लिने ११ दललाई चुनाव चिह्न प्रदान


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली कांग्रेस रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हलो, राष्ट्रिय जनमोर्चा गिलास, नेपाल मजदुर किसान पार्टी मादल, नेपाल सङ्घीय समाजवादी पार्टी बस, नेपाली जनता दलले गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी ट्र्याक्टर निर्वाचन चिह्नले प्राप्त गरेका आयोगले जनाएको छ ।

यसैबीच आयोगले यो निर्वाचनको सन्दर्भमा सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ ।

आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन् ।

त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ । न्याय परिषद्को परामर्शमा आयोगले उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : २७ बजे

चितवनमा रास्वपाको विस्तारित बैठक सुरु

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ ।

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय

वैकल्पिक राजनीतिक शक्तिका लागि संवादमा जुटे विप्लव, घनश्याम र जनार्दन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’