राष्ट्र बैंकद्वारा घर तथा गाडी कर्जामा कडाई « Khabarhub

राष्ट्र बैंकद्वारा घर तथा गाडी कर्जामा कडाई


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले व्यक्तिगत घर तथा गाडी कर्जामा कडाई गरेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै घर तथा गाडी खरिद गर्नको लागि कर्जामा कडाइ गरेको हो ।

बैंकले ब्यक्तिगत प्रकृतिको आवाधिक कर्जा, घर कर्जा र हार्यर पर्चेज कर्जामा कडाई गर्दै आम्दानीको ५० प्रतिशत भन्दा बढी किस्ता नबढ्ने गरि कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै राष्ट्र बैंकले कर्जा प्रभाव गर्दा ऋणीको आय स्रोत खुल्ने प्रमाणीत कागजात अनिवार्य रुपमा संलग्न गराउन निर्देशन दिएको छ । ऋणीले पेश गरेको स्रोतमा कर चुक्ता गरेको वा अध्यावधिक गरेको प्रमाणपत्रको आधारमा मात्रै आम्दानी गणना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

उक्त सीमाभन्दा बढी कर्जा प्रवाह गरेमा त्यसलाई सुक्ष्म निगरानीमा राख्दै सोही अनुसारको प्रोभिजन राख्नु पर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।
आम्दानी अनुसारको मात्रै कर्जा दिनुपर्छ भन्ने उदेश्यले यो ब्यवस्था लागु गरेको राष्ट्र बैंक नियमन विभागले जानाकरि दिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ११ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै