जाडोमा नछोड्नुस् व्यायाम, लाग्ला यस्ता रोग « Khabarhub

जाडोमा नछोड्नुस् व्यायाम, लाग्ला यस्ता रोग


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिसोको समयमा कतिपय मानिसहरु अल्छि हुन्छन् । दैनिक गर्नुपर्ने शारीरिक व्यायाम तथा योगा गर्दैनन् । जसले गर्दा शरीरि सक्रिया हुन सक्दैन । चिसो मौसममा मर्डिङ वाक लगायतका कार्य गर्दा बढी चिसो लाग्ने भन्दै केहीले अल्छि गर्ने गरेका छन् ।

तर चिसो मौसममा न्यायोपना खोज्दै शारीरिक व्यायाम नगर्नेहरुमा विभिन्न रोगको रोखिम हुनसक्छ । आज हामी तपाईलाई शारीरिक व्यायाम नगर्दा हुन सक्ने जोखिमबारे जानकारी दिदै छौं ।

व्यायाम नगर्दा हुन सक्ने समस्याहरु

उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या

नियमित रुपमा शारीरिक व्यायाम नगर्ने मानिसमा उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या आउने गर्छ । चिसोमा निस्क्रिय हुँदा धेरै मानिसमा मुटुको समस्या देखिने गरेको छ ।

हड्डि तथा मांशपेशीहरुमा कमजोरी

शारीरिक व्यायामले हाम्रो हड्डि तथा मांशपेशीहरुलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ । तर चिसोको समयमा शारीरिक व्यायाम नगर्दा हड्डि तथा मांशपेसीहरु मकजोर बन्न सक्छ ।

क्यान्सर, मधुमेह जस्ता नगर्ने रोगको जोखिम

व्यायामले शरीरमा भएका विकारलाई नष्ट गर्ने काम गर्छ । शरीरिक व्यायाम र स्वस्थकर खानपानले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ । तर धेरैले चिसोको समयमा नियमित व्यायाम गर्दैनन् । जसले गर्दा क्यान्सर, मधुमेह जस्ता नगर्ने रोगको जोखिम हुन्छ ।

मोटोपना

शारीरिक व्यायाम नगर्ने मानिसमा मोटोपनाको समस्या देखिन्छ । त्यसैले फिट शरीरको लागि व्यायाम अनिवार्य छ ।

शारीरिक र मानसिक क्षमतामा कमी

व्यायामले हाम्रो शारीरिक र मानसिक क्षमतामा वृद्धि गर्छ । तर चिसोको समयमा व्यायाम नगरी निस्क्रिय हुँदा शारीरिक र मानसिक कमजोरी बढाउँछ ।

तनाव बढ्छ

शारीरिक व्यायामले हामीलाई तनाव मुक्त राख्छ । चिसोको समयमा न्यायो स्थानमा बसिरहदा मनमा धेरै कुराहरु खेल्न सक्छ, त्यसले गर्दा तनाव झनै बढ्छ । त्यसैले तनाव व्यवस्थापनको लागि शारीरिक व्यायाम अभिवार्य छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १२ : ०३ बजे

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ