बतासेलेकमा धुँवाको ठूलो मुस्लो देखियो, स्थानीय भन्छन्: विमान दुर्घटना भयो « Khabarhub

बतासेलेकमा धुँवाको ठूलो मुस्लो देखियो, स्थानीय भन्छन्: विमान दुर्घटना भयो


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा र वैकया गाउँपालिका १२ को सीमामा ठूलो आगोको मुस्लो र धुँवा देखिएको छ । त्यहाँ कुनै ठूलो दुर्घटना भएको आशंकामा प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ ।

मकवानपुरका वरिष्ठ प्रहरी उपरीक्षक(एसपी) मुकेश सिंहका अनुसार मकवानपुरको चौघडाबाट प्रहरी त्यसतर्फ गएको छ । आगो र धुँवाको मुस्लो देखिएको स्थानमा पुग्न दुई घन्टा लाग्ने उनले बताए ।

वकैया गाउँपालिका वडा नम्बर १२ का सचिव लक्ष्मण घिमिरेका अनुसार सुकौरा र वैकया गाउँपालिका १२ को वतासे लेकमा ठूलो धुँवा मुस्लो देखिएको खबहबलाई बताए ।

‘बतासेलेकमा ठूलो धुँवाको मुस्लो देखिएको छ’ उनले भने,‘यो वडाबाट त्यहाँ पुग्न तीन चार घन्टा नै लाग्छ । केही मानिसहरुले त्यहाँ प्लेन दुर्घटनामा परेको खबर हामीलाई गरेका छन् । तर प्लेन हो वा होइन भन्ने चाँहि एकिन भएको छैन । प्रहरीलाई पनि खबर गरेका छौं । उहाँहरु पनि त्यसतर्फ जाँदै हुनुहुन्छ ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको बताए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १२ : ५७ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा