बतासेलेकमा धुँवाको ठूलो मुस्लो देखियो, स्थानीय भन्छन्: विमान दुर्घटना भयो « Khabarhub

बतासेलेकमा धुँवाको ठूलो मुस्लो देखियो, स्थानीय भन्छन्: विमान दुर्घटना भयो


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा र वैकया गाउँपालिका १२ को सीमामा ठूलो आगोको मुस्लो र धुँवा देखिएको छ । त्यहाँ कुनै ठूलो दुर्घटना भएको आशंकामा प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ ।

मकवानपुरका वरिष्ठ प्रहरी उपरीक्षक(एसपी) मुकेश सिंहका अनुसार मकवानपुरको चौघडाबाट प्रहरी त्यसतर्फ गएको छ । आगो र धुँवाको मुस्लो देखिएको स्थानमा पुग्न दुई घन्टा लाग्ने उनले बताए ।

वकैया गाउँपालिका वडा नम्बर १२ का सचिव लक्ष्मण घिमिरेका अनुसार सुकौरा र वैकया गाउँपालिका १२ को वतासे लेकमा ठूलो धुँवा मुस्लो देखिएको खबहबलाई बताए ।

‘बतासेलेकमा ठूलो धुँवाको मुस्लो देखिएको छ’ उनले भने,‘यो वडाबाट त्यहाँ पुग्न तीन चार घन्टा नै लाग्छ । केही मानिसहरुले त्यहाँ प्लेन दुर्घटनामा परेको खबर हामीलाई गरेका छन् । तर प्लेन हो वा होइन भन्ने चाँहि एकिन भएको छैन । प्रहरीलाई पनि खबर गरेका छौं । उहाँहरु पनि त्यसतर्फ जाँदै हुनुहुन्छ ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको बताए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १२ : ५७ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग