ललितपुर महानगरले माग्यो ५० हजार नगर प्रहरी, १५ दिनभित्र दरखास्त माग « Khabarhub

ललितपुर महानगरले माग्यो ५० हजार नगर प्रहरी, १५ दिनभित्र दरखास्त माग


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ। महानगरको व्यवस्थापन र सुरक्षाका लागि नगर प्रहरी माग गरेको हो ।

महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो।

पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्ने महानगरले जनाएको छ । दरखास्त फारम महानगरको वेबसाइटबाट पनि डाउनलोड गरेर भर्न सकिन्छ ।

नगरप्रहरीका लागि आवश्यक न्यूनतम योग्यता :

– शैक्षिक योग्यता : कम्तीमा ८ (आठ) कक्षा वा सो सरह उत्तीर्ण गरेको ।
– नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको ।
– राजनैतिक दलको सदस्य नरहेको ।
– भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको ।
– शारीरिक रूपमा तन्दुरुस्त, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नरहेको र गम्भीर अङ्गभङ्ग नभएको स्वधोषणा गर्ने ।
– नेपाली नागरिक

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १ : ०७ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन