फ्रेन्ड्सलाई पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा « Khabarhub

फ्रेन्ड्सलाई पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । बुधबार भएको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले समान एक–एक गोल गरे ।
पिटरले २८ औं मिनेटमा, सोमिडेले ५१ औं मिनेटमा र सुब्बाले ८५ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै मछिन्द्रले ३ खेलमा ६ अंक जोडेको छ । र, मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरले पछि पार्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिए ।

मछिन्द्रले २ खेलमा जित निकाल्दा १ खेलमा बराबरी खेलेको छ भने फ्रेन्ड्सले तीन खेलमै हार व्यहोरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ३ : ०७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो