च्यासलविरुद्धको खेलमा एनआरटी बिजयी « Khabarhub

च्यासलविरुद्धको खेलमा एनआरटी बिजयी


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दर्शन गुरुङ र विदेशी खेलाडी जुनियर अनगुइने निकेनगुवाको गोलमा न्यू रोड टिम एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

जीतसँगै एनआरटीले लिगको अंक तालिकामा स्पष्ट ३ अंक जोडेको छ ।

च्यासल युथ क्लबलाई २-१ गोलले पराजित गर्दै एनआरटीले अंक तालिकामा खाता खोलेको हो ।

एनआरटीका दर्शन गुरुङले खेलको ८६ औं मिनेटमा च्यासलका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए । च्यासलका लागि अतिरिक्त समयमा अमिर श्रेष्ठले एक गोल फर्काएका थिए ।

दशरथ रंगशालामा बुधबार दिउँसो भएको खेलमा एनआरटीका लागि खेलको २४ औं मिनेटमा एरिक बिष्टको पासलाई सदुपयोग गर्दै निकेनगुवाले टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ७२ औं मिनेटमा एनआरटीका जोर्डन जेआरले च्यासलका सञ्जय राजबागलाई लडाएपछि दुई पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

एनआरटीले ३ खेलमा ४ अंक बनाउँदा पराजित च्यासलको पनि ४ अंक रहेको छ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ४ : ५९ बजे

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

तुलसीपुर– लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना