अबको १० वर्षभित्र रोजगारीका लागि युवाहरुले भौतारिनु पर्दैनः मुख्यमन्त्री राई « Khabarhub

अबको १० वर्षभित्र रोजगारीका लागि युवाहरुले भौतारिनु पर्दैनः मुख्यमन्त्री राई


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आगामी दश वर्षभित्रमा प्रदेशका युवाहरुले रोजगारीका लागि अन्यत्र भौतारिन नपर्ने बताएका छन् ।

प्रदेश सरकारले उद्यमशीलता विकासको गुरुयोजनासहित कोष स्थापना गर्ने र सो कोषबाट उद्यम गर्न चाहने यूवाहरुलाई रकम प्रदान गरिने जानकारी दिए ।

मेची उद्योग वाणिज्य सङ्घले झापाको धुलाबारीमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रि«य औद्यागिक, व्यापार तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशबाट बेरोजगारी अन्त्य गर्न ‘मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिए ।

“बेरोजगारी अन्त्य गर्न दशवर्षे गुरुयोजना बनाइसकेका छौं”, उनले भने, “यसका लागि खडा गरिएको कोषको कार्यविधि केही दिनमा पारित भएपछि सार्वजनिक गर्नेछौं ।”

कोषका लागि प्रदेश सरकारले चालू बजेटमा रु २० करोड छुट्याइएको बताए । पैसा नहुने युवाले सोही कोषबाट रकम लिएर उद्यम गर्ने व्यवस्था मिलाइने उनले बताए ।

निजी क्षेत्रसँग मिलेर आर्थिक विकासका गतिविधि सञ्चालन गर्ने प्रदेश सरकारको नीति रहेको उल्लेख गर्दै उनले प्रदेशका सबै विकास निर्माणका कार्य गुरुयोजनामार्फत अघि बढाइने बताए ।

आगामी दश वर्षभित्र सात हजार २ सय २६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्यका साथ दशवर्षे प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक भइसकेको र प्रदेशलाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी पर्यटन गुरुयोजना यही वर्षभित्र निर्माण गरिने उनले जानकारी दिए ।

मेची उद्योग वाणिज्य सङ्घले आजदेखि १७ गतेसम्म आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको उद्घाटनमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ ।

मेचीनगरको हङकङ बजारको रुपमा चिनिएको धुलाबारीमा शुरु भएको महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० वटा कक्ष रहेको महोत्सव मूलआयोजक समितिका संयोजक भूमि पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : २५ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप