पीपीएल क्रिकेट : बुटवललाई हराउँदै विराटनगर ‘प्लेअफमा’ « Khabarhub

पीपीएल क्रिकेट : बुटवललाई हराउँदै विराटनगर ‘प्लेअफमा’


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समूहमा दोस्रो स्थानमा रहेको बुटवल ब्लास्टर्सलाई लिग चरणको अन्तिम खेलमा पराजित गरेसँगै विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ‘प्लेअफ’मा प्रवेश गरेको छ ।

लिग चरणका चार खेल खेल्दा जम्मा दुई अङ्कसहित समूहको पाँचौ स्थानमा रहेको विराटनगरले आज आफ्नो महत्वपूर्ण खेलमा एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको बुटवललाई चार विकेटले पराजित गरेर पुनः प्लेअफमा बुटवलसँगको भेट पक्का गरेको हो ।

दोस्रो चरण पुग्न चार अङ्कसहित तेस्रो स्थानमा रहेको काठमाडौँभन्दा रनरेटमा अघि रहनुपर्ने अवस्थामा विराटनगरले उत्कृष्ट ब्याटिङ गर्दै प्लेअफमा स्थान बनाएको हो । बुटवल विराटनगरसँग पराजित भएसँगै राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको टोली काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलमा टस जितेर विराटनगरले फिल्डिङ (क्षेत्र रक्षण) रोजेपछि ब्याटिङ शुरु गरेको बुटवलले आठ विकेट गुमाउँदै १३३ रनको योगफल तयार गरेको थियो । अघिल्लो चरण पुग्नका लागि विराटनगरलाई आज जितले मात्र नपुग्ने अवस्था थियो । नेट रनरेटमा काठमाडौँभन्दा अघि हुन उसले १२ दशमलव तीन ओभरमै लक्ष्य पूरा गर्नुपर्ने अवस्था रहेकोमा ११ दशमलव चार ओभरमा छ विकेट गुमाएर ५० बल बाँकी छँदै लक्ष्य भेट्टाउन सफल भएको हो ।

विराटनगरका शुरुआती ब्याट्सम्यान मुहम्मद जैद आलमले १० बलमा २४ रन जोड्दै उत्कृष्ट शुरुआत गर्नुभयो भने पाँचौँ क्रममा ब्याटिङमा आउनुभएका नोमान खानले २२ बलमा ३५ तथा पुनित मेहराले १७ बलमा ३२ रन जोडेपछि लक्ष्य भेट्टाउन सहज भएको थियो । पुष्प थापा आठ बलमा १८ रन जोड्दै अविजित रहन सफल हुनुभयो । बुटवलका नितेश थापाले दुई तथा कमल खत्री, हर्ष टङ्क र अविनाश बोहोराले एक÷एक विकेट लिनुभएको थियो ।

त्यसअघि शुरुआतमा ब्याटिङ गरेको बुटवलका लागि हर्ष टङ्कले ४४ बलमा छ चौका र पाँच चौकासहित ६७ रन बनाएका थिए । शिवम सिँहले २६ बलमा ३७ तथा सिद्धान्त लोहनीले २१ बलमा ११ रनको योगदान दिए ।

‘खेलको म्यान अफ दी म्याच’ विराटनगरका जैद आलमले चार ओभर बलिङमा चार विकेट लिँदै जम्मा २० रन खर्चिएका थिए । किशोर महतोले दुई र दीपेश श्रेष्ठ र साहव आलमले एक-एक विकेट लिएका थिए ।

प्रतियोगिताअन्तर्गत बिहीबार  बुटवल र विराटनगर फाइनल प्रवेशका लागि प्लेअफमा स्पर्धा गर्नेछन् । चितवन राइनोज भने पाँच वटै खेलमा अविजित रहँदै समूह विजेता बनेर फाइलनमा पुगिसकेको छ ।

प्रतियोगिताको फाइनल खेल पुस १२ गते सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : ११ बजे

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रपुर– महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल

खिवाङ–घराम्दी सडक अलपत्र

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने