सम्बन्ध विच्छेदको खबर फैलिएपछि रामकृष्णले भने – हाम्रो सम्बन्ध मर्दैन | Khabarhub Khabarhub

सम्बन्ध विच्छेदको खबर फैलिएपछि रामकृष्णले भने – हाम्रो सम्बन्ध मर्दैन


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामकृष्ण ढकाल र पत्नी निलमको सम्बन्ध विच्छेद भएको खबरलाई लिएर अनेक टिप्पणी भएपछि ढकालले यो खबर गलत भएको बताएका छन् ।

ढकालले डिभोर्स गरेको समाचार विभिन्न मिडियामा आएपछि ढकालले भने यो खबर गलत भएको दाबी गरेका हुन् । यता उनले डिभोर्स गरेको एक पत्र सामाजिक सञ्जालमा समेत भाइरल भएको छ ।

यता गायक ढकालले यो खबर ‘गलत’ भएको बताउँदै सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट गरेका छन् । उनले पत्नीसँगको तस्वीर शेयर गर्दै आफ्नो सम्बन्ध सधैभरिका लागि भएको बताएका छन् ।

ढकालले पत्नीसहितको सेल्फी शेयर गर्दै लेखेका छन्, ‘अरुले जेसुकै भनून् तर हाम्रो सम्बन्ध कहिल्यै मर्ने छैन ।’


मिडियामा डिभोर्स गरेको खबर फैलिएपछि केही मिडियामा ढकालले आफूले डिभोर्स नगरेको दाबी गरेका छन् । यता अदालतको पत्रमा भने कागजी डिभोर्स गरेको प्रष्ट छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : १९ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर