छुटेका भूकम्प पीडितको पुनः सर्वेक्षण गरिने « Khabarhub

छुटेका भूकम्प पीडितको पुनः सर्वेक्षण गरिने


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- भूकम्पपछिको पुनःनिर्माणको लागि ३ लाख रुपैयाँ अनुदान पाउन योग्य (लाभग्राही) सूचीमा नपरेका भूकम्प प्रभावितको पुनः जाँच तथा सर्वेक्षण गरिने भएको छ ।

लाभग्राही सूचीमा समावेश हुन चाहेर निवेदन दिएका घरधनीको तथ्याङ्क सङ्कलनका लागि प्राविधिक परिचालन गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) नुवाकोटका प्रमुख कोषनाथ अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहमा दुई–दुई जना इञ्जिनीयर पुनः जाँच तथा सर्वेक्षणको लागि यही चैत १५ गतेदेखि परिचालन गर्न लागिएको छ ।

उनको अनुसार परिचालन भएका प्राविधिकले ३ हजार ५ सयभन्दा बढी छुट भएका भूकम्प पीडितको पुनः जाँच तथा सर्वेक्षण गरेर प्राप्त तथ्याङ्क राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा बुझाउने छ ।

‘जिल्लास्थित विभिन्न निकायमार्फत सङ्कलन भएको तीन हजार ४१९ प्रभावितले आफूहरु वास्तविक भूकम्पपीडित भएको दाबी गर्दै दिएको निवेदनको आधारमा पुनः तथ्याङ्क सङ्कलन गर्न लागिएको हो,’ अधिकारीले भने, ‘स्थलगत रुपमा खटिने प्राविधिकले वैशाख मसान्तसम्म तथ्याङ्क लिएर विश्लेषणको लागि केन्द्रमा पठाउनेछन् ।’

प्राप्त तथ्याङ्कलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विश्लेषण गरेपश्चात् लाभग्राही भए/नभएको पहिचान गर्ने भएकाले नतिजा आउन अरु थप समय लाग्ने देखिन्छ । नुवाकोटमा हालसम्म सर्वेक्षण नभएका दुई हजार ६५०, सर्वेक्षणमा त्रुटि देखिएका ७०९ र बहुस्वामित्व भएका ६० घरधनीको पुनःजाँच एवं सर्वेक्षणको लागि टोली खटाउन लागिएको छ ।

खटिने टोलीलाई वास्तविक पीडितको लगत सङ्कलनमा सूचना दिन, सिफारिस गर्न सञ्चालित कार्यक्रमको अनुगमनको लागि सम्बन्धित स्थानीय तहका निर्वाचित प्रतिनिधिलाई कार्यालयले आग्रह गरेको छ ।

प्राविधिक परिचालनको लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सात सदस्य रहेको ‘छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन जिल्ला समिति’ समेत गठन गरिएको छ । वास्तविक भूकम्पपीडित नछुटोस् भनेर स्थानीय जनप्रतिनिधिको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको जिसस प्रमुख एवं समितिका संयोजक सन्तमान तामाङले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : ४९ बजे

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका अतिक्रमित संरचना हटाउन १५ दिने अल्टिमेटम

काठमाडौं– महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ मिचेर बनाइएका संरचना हटाउन

एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया शेयर ऋण’ योजना सार्वजनिक

काठमाडौं– ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने

सिप भएर घरमा बसेका महिलालाई उद्यमी बनाउने नीति बनाउँछौँ : उपप्रमुख डङ्गोल

काठमाडौं– महानगरपालिकामा बसोबास गर्ने हातमा केही न केही सिप भएका

पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा

करिब ९ सय ७८ किलो गाँजासहित ट्रक चालक पक्राउ

सप्तरी– रूप नगरपालिका-२ बरमझियाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ७८ किलो