कतारसँग हारेको नेपाल छनोट चरणबाटै बाहिरियो « Khabarhub

कतारसँग हारेको नेपाल छनोट चरणबाटै बाहिरियो


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा नेपाललेलगातार दोस्रो हार व्यहोरेसँगै छनोट चरणबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा नेपाल कतारसँग ५-० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा कतारका लागि कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले समान २-२ गोल गर्दै नेपालविरुद्ध सहज जीत निकाल्न योगदान गरे ।

नेपाली खेलाडीले खेलको २५ औं मिनेट डिबक्सभित्र फाउल गरेपछि कतारले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा अब्दुल्लाहले गोल गर्दै घरेलु नेपालविरुद्ध १-० को अग्रता दिलाए ।

पहलो हाफसम्म १-० को अवस्थामा रहेको खेलमा खेलको ५३ औं मिनेटमा कप्तान अल रावीले गोल गर्दै कतारलाई २-० को अग्रता दिलाए । नेपालका दिनेस राजवंशीले ६० औं मिनेटमा आत्मघाती गोल गरेपछि कतारको अग्रता ३-० को बन्यो ।

७६ औं मिनेटमा अल रावीले फ्रिकिकबाट आफ्नो दोस्रो गोल गर्दै कतारलाई ४-० को फराकिलो अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अब्दुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ५-० को फराकिलो जित दिलाए ।

कतारसंगको हारसंगै समूह ’ए’ मा रहेको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अन्तिम खेलमा मंगलबार अफगानिस्तानसंग खेल्नेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ८ : ४७ बजे

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको