आगलागीबाट ४ घर जलेर नष्ट « Khabarhub

आगलागीबाट ४ घर जलेर नष्ट


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा ४ घरसहित  १२ लाख रुपैयाँ बराबरको सामग्री जलेर नष्ट भएको छ ।

आगलागीमा ४ वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक/एक वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करीब १२ लाख रुपैयाँ बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

आगलागीमा स्थानीय बुधनारायण शर्माको एउटा बाच्छीसमेत जलेर मृत्यु भएको प्ररही नायब उपरीक्षक फुयालले बताए । स्थानीय रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो । आगो स्थानीयवासी, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक फुयालले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १० : ४४ बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले