पार्टी दुई अध्यक्षले होइन कमिटिले चलाउनुपर्छः नेता नेपाल « Khabarhub

पार्टी दुई अध्यक्षले होइन कमिटिले चलाउनुपर्छः नेता नेपाल


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार र पार्टी दुई अध्यक्षले नभएर कमिटीले चलाउनु पर्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दै नेता नेपालले सरकार र पार्टी सञ्चालनका विषयमा कमिटीमा सरसल्लाह हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यक्तिवादी पार्टी नभएको भन्दै उनले जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी भएको तर्क गरे ।  उनले भने–‘ पार्टीमा एउटा व्यक्ति बिशेष सर्वेसर्बा हुन सक्दैन ।’ दुई अध्यक्षप्रति लक्षित गर्दै उनले भने ‘असन्तुष्टिहरुलाई बोलाएर छलफल गरेर विश्वासमा लिनु पर्दछ ।’

आलोचित कुराहरु भए त्यसलाई प्रष्ट पार्नुपर्ने भन्दै त्यसका निम्ति नेतृत्व फराकिलो हुनुपर्ने बताए । नेता नेपालले दुई अध्यक्षले मात्रै सरसल्लाह गरेर नभई कमिटीमा छलफल भएर अघि बढ्नुपर्ने तर्क गरे ।

विप्लवमाथिको प्रतिवन्ध लगाउने निर्णय हुनु पहिले पार्टीमा छलफल नभएको भन्दै उनले असन्तुष्टि पोखे । बरिष्ठ नेता नेपालले भने ‘विप्लबलाई प्रतिवन्ध लगाउने बिषयमा थाहा भएन, पत्र पत्रिका पढेपछि थाहा पाएँ ।’

यस्तो हुनु राम्रो नभएको भन्दै उनले आफूपनि पार्टीको शीर्ष नेतृत्व समुहको सदस्य भएको बताए ।

विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने विषय ठिक कि बेठिक भन्ने पत्रकारको प्रश्नमा उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताए । उनले भने “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चुप लागेर बस्ने कुरा हुँदैन ।”

डा. सिके राउतलाई बिखण्डनको बाटोबाट मुलधारको राजनीतिमा ल्याउनु राम्रो भएको  उनले तर्क गरे ।  मन्त्रीमण्डल फेरवदल गर्ने बिषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफूसँग छलफल नगरेको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ४ : ३८ बजे

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो