कञ्चनपुर–कमला सडक निर्माणको काम किन विदेशी कम्पनीलाई ? « Khabarhub

कञ्चनपुर–कमला सडक निर्माणको काम किन विदेशी कम्पनीलाई ?


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले एशीयाली विकास बैंक (एडीबी)को सर्तका कारण कञ्चनपुर–कमला सडक निर्माण परियोजनाको काम नेपालका निर्माण कम्पनीहरुलाई दिन नसकिएको स्पष्ट पारेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले एडीबीको ऋण सहयोगमा निर्माण गर्न लागिएको सो परियोजनाको काम एडीबीकै सर्तका कारण नेपाली निर्माण व्यवसायीहरुलाई दिन नसकिएको स्पष्टिकरण दिएका छन् ।

सोमबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले सरकारले सो परियोजनाको काम नेपाली निर्माण व्यवसायीलाई दिन नचाहेको भन्ने निर्माण व्यवसायीहरुको आरोपको पनि खण्डन गरे ।

सचिव अधिकारीले सो परियोजनाको काम कमिसन लिएर विदेशी कम्पनीलाई दिएको भन्ने निर्माण व्यवसायीहरुको आरोपको खण्डन गर्दै प्रमाण पेश गर्न पनि चेतावनी दिए ।

८७ किलोमिटरको सो सडक परियोजना नेपाली निर्माण व्यवसायीहरुलाई नदिएको भन्दै समितिका सदस्यहरुले पनि सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य राजेन्द्र कुमार केसीले सरकारले नेपाली निर्माण व्यवसायीहरुलाई विकास, निर्माणका काममा प्राथमिकता नदिएको उल्लेख गर्दै आपत्ति जनाए ।

नेपाली निर्माण व्यवसायीहरुले सो सडक खण्डको काम आफूहरुलाई नदिएको गुनासो गरेपछि समितिले सो सम्बन्धमा सम्बन्धित निकायसँग छलफल शुरु गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ८ : ०८ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्