युएईसँग मलेसियाको मोडलमै श्रम सम्झौता हुँदै « Khabarhub

युएईसँग मलेसियाको मोडलमै श्रम सम्झौता हुँदै


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले युएईसँग नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौता गर्ने भएको छ ।

काठमाडौंमा दुई दिनदेखि चलेको प्रविधिक कमिटिको बैठकले मलेसियाको मोडलमै श्रम सम्झौता गर्ने गरि सहमति गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सहसचिव उमेश ढुंगानाले जानकारी दिए ।

प्राविधिक कमिटीको बैठकले सन् २००७ को श्रम समझदारीलाई पुन नवीकरण गदै नयाँ श्रम समझदारी एमओयू गर्ने सहमति गरिएको सहसचिव ढुंगानाले बताए । उनले भने, ‘युएईसँग श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान पहिला नै भइसकेको छ । पहिलो चरणमा युएईले पठाएका मस्यौदामा नेपाली श्रमिकको हीतमा नभएकाले दोस्रो पटकको एजेन्डामा नेपालले स्पष्ट थियो । हाल भएको प्रविधिक कमिटीको बैठकले मुर्त दिएको हो ।’

युएईसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भइसकेको उनको भनाइ छ ।

कमिटीको बैठकले दुबै देशको मन्त्रिपरिषदमा समझदारीको मस्यौदालाई पेश गरेर पारित गरेपछि औपचारिक हस्ताक्षरका लागि मिति तय गर्ने निर्णय भएको हो । युएईसँग पनि मलेसियाकै मोडलमा श्रम सम्झौता हुने भएको हो । युएई रोजगारीमा जाने कामदारले पनि नि शुल्कदरमै जान पाउने गरि मस्यौदा तयारी गरिएको सहसचिव ढुंगानाले जानकारी दिए । अब सम्झौता पत्रमा हस्ताक्षर भएपछि श्रमिक आपूर्ति गर्दा सवै खर्च रोजगारदाता देशले नै ब्यहोर्ने उनले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट श्रममन्त्री भएपछि नेपालले जापान र मलेसियासँग श्रम समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ५ : ३२ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले