मोदीविरुद्ध काँग्रेसले अजय रायलाई उम्मेद्वार उठाउने | Khabarhub Khabarhub

मोदीविरुद्ध काँग्रेसले अजय रायलाई उम्मेद्वार उठाउने


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको विपक्षी दल काँग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध लड्नका लागि ५ पटकसम्म विधायक रहेका अजय रायलाई बनारस निर्वाचन क्षेत्रबाट उम्मेद्वार उठाउने भएको छ । काँग्रेस पार्टीले बिहीबार रायलाई बनारस निर्वाचन क्षेत्रबाट उम्मेद्वार उठाउने घोषणा गरेको हो ।

यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा पनि राय बनारसबाट उम्मेद्वार उठेका थिए । तर, नरेन्द्र मोदी र आम आदमी पार्टीका उम्मेद्वार अरविन्द केजरीवालपछि उनी तेश्रो स्थानमा आएका थिए ।

पछिल्लो समय काँग्रेसले पूर्वी उत्तर प्रदेशको जिम्मेवारी दिएर महासचिव पदमा ल्याएकी राहुल गान्धीकी बहिनी प्रियंका गान्धीलाई प्रधानमन्त्री मोदीविरुद्ध बनारसमा उम्मेद्वार उठाउने चर्चा शुरु भएको थियो । तर, उनले भने आफ्ना दाजु राहुल गान्धीको निर्वाचन अभियानमा सहयोग गर्ने बताइएको छ ।

नरेन्द्र मोदीले भने आगामी शुक्रबार बनारसबाट आफ्नो औपचारिक उम्मेद्वारी दर्ता गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बनारसबाट उम्मेद्वारी दिने रायको स्थानीय भूमिहार समुदाय र ब्राह्मण समुदायमा पनि राम्रो प्रभाव रहेको बताइन्छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ७ : ४५ बजे

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको