‘फलोअप चेकअप’का लागि भक्तपुर क्यान्सर अस्पतालमा खानेपानी मन्त्री मगर « Khabarhub

‘फलोअप चेकअप’का लागि भक्तपुर क्यान्सर अस्पतालमा खानेपानी मन्त्री मगर


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- खानेपानी मन्त्री बिना मगरले  भक्तपुरको क्यान्सर अस्पतालमा ‘फलोअप चेकअप’का गराएकी छिन् । उन स्वास्थ्य अवस्था सामान्य रहेको  अस्पतालले जनाएको छ ।

गएको माघ १३ गते क्यान्सरसम्बन्धी सम्पूर्ण जाँच गराएकी  मन्त्री मगरको  ‘फलोअप चेकअप’ परीक्षणबाट क्यान्सर सम्बन्धी कुनै लक्षण नदेखिएको प्रष्ट भएको हो ।

दुई महिनाअघि गराइएको जाँचको रिपोर्टसहित बिहीबार पुनः फलो अपको लागि क्यान्सर अस्पताल भक्तपुर पुगेकी उनी स्वस्थ रहेको अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले जानकारी दिए ।

‘उहाँ (मन्त्री  मगर) फलो अपको लागि बिहीबार अस्पताल पुग्नुभएको हो’, उनले भने, ‘उहाँको सम्पूर्ण रिपोर्ट नर्मल छ । क्यान्सरसम्बन्धी कुनै लक्षण देखिएको छैन ।’

दुई महिनाअघि नियमित स्वास्थ्य जाँच गरेकी अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले नै बिहीबार पनि मन्त्री मगरको स्वास्थ्य जाँच गरेकी थिइन् ।  नियमित स्वास्थ्य जाँचको लागि रगत लिइएको थियो । त्यस्तै अल्ट्रासाउन्डसमेत गरिएको थियो ।

‘खानेपानी मन्त्रीज्यू सम्पूर्ण रिपोर्ट राम्रो छ’, स्त्रीरोग विशेषज्ञ डा. प्रजापतिले भनिन्, ‘उहाँले जस्तै सबैले बेलो बेलामा आफ्नो नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । जसले रोग हुन लागे नलागेको शुरुमै थाहा हुन्छ र उपचारबाटै निको पार्न सकिन्छ ।’

 

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ९ : १६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका