पूर्वप्रधानन्यायाधीश खत्रीको अन्त्येष्टि, भोलि देशभरका अदालत बन्द हुने « Khabarhub

पूर्वप्रधानन्यायाधीश खत्रीको अन्त्येष्टि, भोलि देशभरका अदालत बन्द हुने


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्व प्रधानन्यायधीश नयनबहादुर खत्रीको अन्त्येष्टि गरिएको छ । ९६ वर्षको उमेरमा बिहिबार राति खत्रीको निधन भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको पशुपति आर्यघाटमा बसेको पुर्ण बैठकले पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रस्ताव पारित गर्दै भोलि देशभरका सबै अदालत बन्द गर्ने निर्णय समेत गरेको छ । निर्णय अनुसार भोलि नेपाल भरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालतहरु बन्द हुनेछन् ।

विक्रम सम्वत् १९८० साल असोज ३ गते ललितपूर जिल्लामा जन्मिएका खत्री २०३१ सालमा प्रेस काउन्सिलको अध्यक्ष समेत बनेका थिए । २०३३ सालमा सर्वोच्चको प्रधानन्यायाधीश बनेका खत्री २०४२ सालसम्म प्रधानन्यायाधीश रहेका थिए ।

मानवअधिकार आयोगका पहिलो अध्यक्ष समेत बनेका खत्री कानून आयोगका समेत अध्यक्ष बनेका थिए । उनी चीनका लागि नेपाली राजदूतको रुपमा पनि काम गरेका थिए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  २ : १२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन